६५ वर्षअघि स्थापित राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक उपस्थिति नै नगण्य भइसकेको छ भने अन्तर्राष्ट्रिय उडानका लागि पनि जम्मा चार जहाज छन् । तर, १ सय ५८ सिट क्षमताको न्यारोबडी मंसिर १३ देखि ग्राउन्डेड भएकामा गत शुक्रबार मात्रै मर्मतका लागि इजरायल पठाइएको छ । त्यो बनेर कहिले आउने हो भन्ने ठेगान नहुँदै निगमको वाइडबडी पनि सोमबारदेखि ग्राउन्डेड भएको छ ।