दाङ : शान्तिनगर गाउँपालिकाले आँखाका बिरामीहरूलाई निःशुल्क अप्रेसन गरिदिने भएको छ।अन्धोपन न्यूनीकरण कार्यक्रम अन्तर्गत नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र गाउँपालिकाबीच निःशुल्क मोतीयाबिन्दुको अप्रेसनका लागि साझेदारी पत्रमा हस्ताक्षर भएको छ।उज्यालो अभियान अन्तर्गत निःशुल्क मोतीयाबिन्दुको शल्यक्रिया कार्यक्रमका लागि गाउँपालिका र अस्पतालबीच सम्झौता भएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा एक सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने सम्झौतामा उल्लेख भएको सूचना अधिकृत बलराम खड