शिल्पी कला समूहको नाटक यात्रामा 'सट्टापट्टा' (तस्वीरहरू)

काठमाडौं : शिल्पी कला समूहले 'खाद्यका लागि कृषि अभियान'सँगको सहकार्यमा रङ्गमञ्च बिनाको नाटक 'सट्टापट्टा' लिएर देशका विभिन्न स्थानमा मञ्चन गर्ने तयारी गरेको छ।असोज १४, १५ र १६ गते शिल्पी थिएटरको प्राङ्गणमा नाटक मञ्चन गरिनेछ।काठमाडौंबाहेक देशका विभिन्न भागमा समेत 'सट्टापट्टा' नाटक मञ्चन गरिने शिल्पी कला समूहका निर्देशक घिमिरे युवराजले जानकारी दिए।काठमाडौंपछि यो नाटकलाई लमजुङमा असोज १७ गते, तनहुँमा असोज १८ गते, यसैगरी पोखरामा असोज १९ गते, चितवनमा असोज २० गते, रौतहटमा अस

सम्बन्धित सामग्री

देशको अवस्था देखाउने ‘कालो अक्षर–रातो अक्षर’

काठमाडौं: नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले ‘कालो अक्षर रातो अक्षर’ नाटक मञ्चन गरिरहेको छ।शैक्षिक क्षेत्रका विसङ्गति, शिक्षाको व्यापार, युवा विद्यार्थीको बाध्यात्मक बहिर्गमन र त्यसलाई ओत दिने विकृति उजागर गरिएको नाटक असोज १७ गतेदेखि शिल्पी कला समूहको गोठाले नाटकघरमा मञ्चन भइरहेको हो।समिक बडालको परिकल्पना, आरके रोमसको लेखन र दिलिप खड्काको निर्देशनमा मञ्चन भइरहेको नाटकमा अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ य

शिल्पी कला समूहको 'सट्टापट्टा' यात्रा

शिल्पी कला समूहले 'सट्टापट्टा' मार्फत फेरि मुक्त रंगमञ्च यात्रा थालेको छ । खाद्यका लागि कृषि अभियानसँगको सहकार्यमा समूहले काठमाडौंपछि (असोज १४, १५, १६) देशका विभिन्न ठाउँमा नाटक मञ्चन गर्ने तयारी गरेको छ ।

सर्वनाममा गोठालेको चर्चित नाटक ‘च्यातिएको पर्दा’ मञ्चन

काठमाडौं । गोविन्दबहादुर मल्ल ‘गोठाले’को चर्चित नाटक ‘च्यातिएको पर्दा’मा आधारित सोही नामको नाटक कालिकास्थानस्थित सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । ल हेर समूहको निर्देशन र सुदनसिंह ठकुरीको परिकल्पनामा यो नाटक जेठ ७ देखि ९ गतेसम्म मञ्चन हुनेछ । गोठालेले २०१३ सालमा लेखेको यो नाटकले तत्कालीन परिवेशमा एउटा परिवारको परिस्थितिको चित्रण गर्छ । ल हेर समूहले […]

सर्वनाममा ‘समय : दुई युगको संवाद’ मञ्चन सुरु

कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘समय : दुई युगको संवाद’ मञ्चन सुरु भएको छ । सर्वनामकै १८ औं ब्याचका प्रशिक्षार्थी समूहको प्रस्तुति र निर्देशनमा तयार पारिएको नाटकको लेखन १८ औं ब्याचका प्रशिक्षार्थी सुजता पन्तले गरेकी हुन् । नाटकमा पुरानो युग र नयाँ युगबीचको संवादलाई देखाउन खोजिएको छ । नाटकको सुरुवातमा घडीको सुईको छकछक छकछक आवाज बजिरहन्छ र पृष्ठभूमिमा महिलाको आवाज आउँछ, ‘म समय हुँ, म तिम्रो भुत हुँ, म तिम्रो वर्तमान पनि हुँ र तिम्रो भविष्य पनि हुँ ।’ लामो हा

राष्ट्रिय नाटक महोत्सव इलाममा सुरु

इलाम – आइतबारदेखि इलाममा ‘राष्ट्रिय नाटक महोत्सव’ सुरु भएको छ । सांस्कृतिक संस्थानको आयोजना तथा इलाम नगरपालिका साहित्यक कला सङ्गीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहकार्यमा महोत्सव सुरु भएको हो । पाँच दिनसम्म हुने महोत्सवमा समाजका मौलिकपन जोगाउन सात प्रदेशलाई समेटेर लोक जनजीवनमा आधारित रहेका नाटक प्रस्...

सोमबारबाट पूर्वाञ्चल नाट्य यात्रा - Naya Patrika

लेट्स इन्टरटेन्मेन्टले मण्डला थिएटरसँगको सहकार्यमा पूर्वाञ्चलका आठवटा सहरमा दोस्रो पूर्वाञ्चल नाट्य यात्रा ०७४ सुरु गर्ने भएको छ । नाट्य यात्रामा मण्डला नाटक समूहको चर्चित नाटक सरजमिनलाई घुम्ती रंगमञ्च भ्रमणका रूपमा मञ्चन गरिनेछ ।

आठ सहरमा ‘सरजमिन’

प्रदेश नम्बर १ का आठ सहरमा ‘दोस्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४’ हुने भएको छ । मण्डला थिएटरसँगको सहकार्यमा लेट्स इन्टरटेनमेन्टले गर्न लागेको नाट्य यात्रामा मण्डला नाटक समूहको नाटक ‘सरजमिन’को मञ्चन गरिनेछ ।

शिल्पीमा ‘हिउँको धुन’

ख्वापा नाट्य समूहको प्रस्तुति नाटक ‘हिउँको धुन’ मञ्चन भएको छ । काठमाडौँस्थित शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो । बालमनोविज्ञानमा आधारित नाटकलाई प्रवीण खड्गीले लेखेका हुन् ।

समापनमा तीन नाटक

चार दिनसम्म चलेको नाटक महोत्सवमा आइतबार समापनका अवसरमा तीनवटा नाटक प्रदर्शन भएका छन् । झोराहट नाट्य समूहको ‘पर्खाल', आरोहण