सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गरेका थिए । यसअघि उक्त विधेयक माथि बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य पूर्णा जोशी, भरतबहादुर खड्का र टेकबहादुर रैकाले भाग लिएका थिए ।
बैठकको प्रारम्भमा समय लिएर प्रदेशसभा सदस्य महेशदत्त जोशीले भूमिसम्बन्धी समस्या समाधान आयोगले सङ्कलन गरेको स्वघोषणा फाराम भर्न छुटेका भूमिह...