नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस.डी योगी र रेश्मा पुनको स्वर रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम चलचित्र आउन जरुरी रहेको बताए । उनले नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक रहेको भन्दै तय