आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था वा प्रसुती गृहमै गर्भवती महिला सुत्केरी हुनु पर्ने सरकारको नीति रहेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गर्नका लागि प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन पनि गरेको छ । तर स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई ल्याउनका लागि सडक र एम्बुलेन्सको पहुँच नहुदा सिंजा गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर वडाका महिला घरमै सुत्केरी हुने गरेका छन् ।यी दुई वडा सिंजाका दुर्गम स्थानमा पर्दछ । सिंजामा दुई वडा