सुनचाँदी व्यवसायीद्वारा सरकारसँग सुरक्षाको माग

काठमाण्डाै – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । शनिवार (हिजो) सिरहाको लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै महासङ्घले शान्ति, सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग माग गरेको हो । सिरहाको घटनाले देशभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाउनुका साथै सिङ्गो देशको सुरक्षा व्यवस्था र व्यवसायीकाे सुरक्षाको विषयमा समेत गम्भीर प्रश्न चिह्न उब्जिएकाे महासङ्घले जनाएको छ । व्यवसायीलाई सुर...

सम्बन्धित सामग्री

सुनचाँदीका वस्तुमा विलासिता कर फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्राबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला […]

सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग

काठमाडौं । सुनचाँदी व्यवसायसँग सम्बन्धित तीनओटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्बन्धी एकीकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग वुधवार भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका प्रतिनिधिमण्डलले यस्तो आग्रह गरेका हुन् । तीनओटै महासंघको संयुक्त प्रतिनिधिमण्डलले व्यवसायीको मागलाई राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा उत्रने चेतावनी समेत दिएका छन् । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायबाट यसको सुनुवाइ नभएको उनीहरूको गुनासो छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार सम्बन्धी प्रष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । निर्देशिकाकै अभावमा कच्चापदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र व्यवधान उत्पन्न हुने जस्ता समस्या आएको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आ–आफ्नो तर्फबाट व्यवसायीका समस्या जानकारी गराएका थिए । उपप्रधान तथा अर्थमन्त्री पौडलले व्यवसायीका समस्यालाई आफूले गम्भीर रूपमा लिएको भन्दै ती समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । व्यवसायीले राखेका समस्याको अध्ययन गरी त्यसको समाधानका लागि आवश्यक पहल गर्ने उनले बताए ।

कच्चा सुनको आपूर्ति बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन माग

काठमाडौं (नेस) । सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामूहिकरूपमा अग्रह गर्ने निर्णय गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा तीन महासंघको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । अत्यावश्यक वस्तुबाहेक अन्यवस्तुहरूको एलसी नखोल्ने बैंकहरूको गत सताको निर्णयसँगै बजारमा […]

सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन माग

सुनचाँदीको आपूर्ति ब्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिकरुपमा अग्रह गर्ने निर्णय गरेका छन् ।नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा आइतबार बसेको तीन महासंघको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत सताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति […]

सुनचाँदी व्यवसायी मैत्री कानुन बनाउन माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेटगरी प्रष्ट नीति बनाउन आग्रह गरेको हो । सुनचाँदी व्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति बन्न नसक्दा […]

सुनचाँदी व्यवसायीका मुख्य तीन माग

काठमाडौं (अस) । नेपाल सुनचाँदी व्यवसायी महासंघले जर्तीको मापदण्डमा एकरूपता कायम गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी जर्तीको मापदाण्डमा एकरूपता कायम गर्नुपर्नेसहितका माग आर्थिक नियमावलीमार्फत पूरा गर्न भनेको हो । भेटमा व्यवसायीका तर्फबाट मुख्य तीनओटा माग अगाडि सारिएको थियो । त्यसमध्ये पहिलोमा जर्तीको मापदण्डमा एकरूपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने छ । हाल जर्तीसम्बन्धी ठोस व्यवस्था नहुँदा फरक–फरक दर कायम हुँदै आएको छ । त्यस्तै व्यवसायीले सुनचाँदीजस्तो बहुमूल्य धातुको कारोबारमा नगद कारोबारको सीमा ५० हजारबाट बढाएर १० लाख पुर्‍याउनुपर्ने माग गरेका छन् । व्यवसायीले अगाडि सारेको तेस्रो मागमा लेखापरीक्षणसम्बन्धी व्यवस्थामा एकरूपता हुनुपर्ने रहेको छ । व्यवसायीले उठाएका मागहरूलाई विभागका महानिर्देशक पौडेलले अध्ययन गरी सम्बोधन गर्न पहल गर्ने बताएका छन् । ‘व्यवसायीका समस्या समाधान गर्न विभागले सदैव सहयोग गर्दै आएको छ । अब पनि के गर्न सकिन्छ त्यो अध्ययन गरी हामी आवश्यक निर्णय लिन्छौं,’ उनले भने । यसैबीच महासंघका अध्यक्ष शाक्यले स्पष्ट कानूनी व्यवस्थाको अभावमा बजारमा व्यवसायीबीच द्विविधा उत्पन्न नहोस् र व्यवसायीले आपूmखुशी जर्तीको सीमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक–फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत उक्त विषय समेट्न आग्रह गरिएको बताए । उक्त व्यवस्थाबाट सरकारी राजस्वमा समेत योगदान पुग्ने उनको भनाइ छ ।

व्यवसायीद्वारा सुरक्षाको माग

पछिल्ला दिनमा व्यवसायीमाथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गरेर सुनचाँदी व्यवसायीमाथि श्रृंखलावद्ध रुपमा आक्रमणका घटना भएकाप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक महिनाअघि सिराहामा भएको सुनचाँदी व्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः महोत्तरीको […]

सुनको आपूर्ति बढाउन माग

काठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल कोटा वृद्धि गर्न माग गरेको हो । व्यवसायीसँगको भेटमा सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्बन्धित निकायसँग आवश्यक परामर्श गरी शीघ्र समस्याको समाधान गरिने बताउनुभयो । सचिव भट्टराईले आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोवार फष्टाउन सक्नेतर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सचिव भट्टराईसँग आग्रह गर्नुभयो । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । आवश्यकतानुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आयात हुने गरेको थियो ।(रासस)