प्रष्ट नीति बनाउन सुनचाँदी व्यवसायीको माग, 'सुनचाँदी व्यवसाय निर्देशिका बनाए पालना गर्छौं´

फागुन २५, काठमाडौं । सुनचाँदी व्यवसायी महासंघले प्रष्ट नीति बनाउन सरकारसँग माग गरेको छ । महासंघका पदाधिकारीले बुधवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसँग भेट गर्दै उक्त माग गरेका हुन्। महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा विभागमा पुगेको प्रतिनिधिमण्डलले सुनको कारोबारका लागि स्पष्ट नीति नभएकोले स्पष्ट नीति बनाउन महानिर्देशकसँग माग गरेको हो। सुनचाँदी ब्यवसायको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति बन्न नसक्दा ब्यवसाय सञ्चालनमा बाधा पुगेकोले महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाइदिएमा सोही अनुसार कारोबार गर्न सजिलो हुने बताए। ‘सरकारले सुनचाँदी व्यवसाय निर्देशिका बनाएमा त्यसलाई अक्षरस पालनागरी अगाडि बढ्न ब्यवसायीहरु तयार छन्’ शाक्यले भने, ‘आफुहरुले वर्षौंदेखि यस बिषयमा आवाज उठाउँदै आएको भएपनि हालसम्म त्यसको संबोधन हुन सकेको छैन।’ व्यवसायीसँगको भेटका क्रममा विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले कुनै पनि पेशा ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम आवश्यक पर्ने भन्दै सुनचाँदी व्यवसाय, व्यवसायी र उपभोक्ता सरोकारलाई समेट्ने गरी नीति बनाउन पहल गरिने बताए। नीति निर्माणका लागि अन्य सरकारी निकायसँग पनि समन्वय गुर्नपर्ने भन्दै सोही अनुसार अगाडी बढ्ने श्रेष्ठको भनाई थियो। सअघि व्यवसायीले आफुहरुले भोगदै आएका समस्याका बारेमा महानिर्देशक श्रेष्ठलाई सुनाएका थिए।  प्रष्ट नीतिको अभावमा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा अष्प्रष्टता देखिएको व्यवसायीहरुको भनाई छ । जसकाकारण व्यवसायीहरु अप्ठ्यारोमा पर्ने गरेको गुनासो गर्दै आएका छन् । विभागमा पुगेको प्रतिनिधिमण्डलमा महासंघका  निवर्तमान अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहनकाजी शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, मधेश प्रदेश सभापति रामजी साह लगायतका व्यवसायीको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न व्यवसायीको माग

२३ कात्तिक, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै निर्देशका जारी गर्न विभागसँग आग्रह गरेको हो । त्यसक्रममा […]

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग

सुनचाँदी व्यवसायी महासङ्घले प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र नीतिगत व्यवस्था गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेका हुन् ।  प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेका माग सम्बोधन गर्न पहल गर्ने बताए ।