पृथ्वीमा रुखका प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएभन्दा १४ प्रतिशत बढी

पृथ्वीमा रुखको प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएको भन्दा १४ प्रतिशतले धेरै रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसअघि ७३ हजार तीन सय प्रजातिका रुख रहेको अनुमान गरिएकोमा अझै नौ हजार दुई सय प्रजाति पत्ता लाग्न बाँकी रहेको अनुसन्धानकर्ताहरूले बताएका हुन् ।  दक्षिण अमेरिका, अफ्रिका र एसियाका उष्ण प्रदेश र उपोष्ण प्रदेशमा अज्ञात प्रजातिका रुखहरू रहेको पाइएको अध्ययन टोलीका प्रमुख एवम् अमेरिकाको सेन्ट पाउलमा रहेको मिनिसोटा विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डाक्टर पिटर राइसले बताउनुभएको बीबीसीले जनाएको छ । तर उष्ण प्रदेशी...