फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरे, टी–२० काे कप्तान रहिरहने

काठमाण्डाै – अस्ट्रेलियाका कप्तान एराेन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घाेषणा गरेका छन् । फिन्चले शनिवार एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिने घोषणा गरेका हुन् । न्युजिल्यान्डसँग आइतवार हुने तेस्राे तथा अन्तिम एकदिवसीय फिन्चकाे बिदाइ खेल हुनेछ । ३५ वर्षीय फिन्चकाे याे एक सय ५६ औँ खेल हुनेछ । फिन्चले एकदिवसीय क्रिकेटमा पाँच हजार चार सय एक रन बनाएका छन् । उनी अस्ट्रेलियाका लागि सबैभन्दा धेरै एकदिवसीय शतक बनाउने चाैथाे ब्याटर हुन् । फिन्चले एकदिवसीयमा १७ वटा शतक बनाएका छन् । उनीभन्दा अघि रि...

सम्बन्धित सामग्री

कप्तान बनेर भारतीय टी-२० टिममा फर्के बुमराह

१६ साउन, काठमाडौं । भारतीय तीव्रगतिका बलर जस्प्रित बुमराहले टी–२० टिममा पुनरागमन गर्दै कप्तानको जिम्मेवारी सम्हाल्ने भएका छन् । बुमराहले तीन १८ अगष्टबाट हुने आयरल्यान्डसँको तीन टी–२० आई खेलको सिरिजमा भारतको कप्तानी गर्नेछन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले हार्दिक पान्ड्यासहित आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिँदै बुमराहको कप्तानीमा टिम घोषणा गरेको छ । गतवर्ष सेप्टेम्बरमा […]

विश्वकप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा, पूर्व कप्तान मोहमदउल्लाह अटाएनन्

२९ भदौ, काठमाडौं । आगामी अक्टोबर १६ देखि अष्ट्रेलियामा सुरु हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा भएको छ । शकिब अल हसनको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा पूर्व कप्तान मोहमदउल्लाह भने अटाएनन् । अघिल्लो वर्ष युएईमा भएको टी-२० विश्वकपमा मोहमदउल्लाहले नै बंगलादेशको कप्तानी गरेका थिए । तर यस पटक भने उनी […]

टी-२० विश्वकप क्रिकेटका लागि भारतीय टिमको घोषण

२७ भदौ, काठमाडौं । भारतले एक महिनापछि अष्ट्रेलियमा हुने टी–२० विश्वकप क्रिकेटका लागि टिमको घोषणा गरेको छ । रोहित शर्मा कप्तान रहेको भारतीय टिममा जसप्रित बुमराह र हर्सल पटेलले पुनरागमन गरेका छन् । यस्तै युवा बलर अर्षदीप सिंहले पनि विश्वकप टिममा स्थान बनाएका छन् । गत जुलाईमा इंग्ल्याण्डविरुद्ध डेब्यु गरेका सिंहले अहिलेसम्म ११ टी–२० आई […]

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घाेषणा, हिरन्मईको ठाउँमा मनिषा

३० जेठ, काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, रेमा रावल र इश्वरी विष्ट टिममा पर्न सकेनन् […]

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज

भारतिय टी–२० क्रिकेटको कप्तानी रोहितले सम्हाल्ने

काठमाडौं, २४ कात्तिक । भारतिय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० विश्वकप पछि कप्तानी छाडेपछि अब भारतिय टोलीलाई रोहित शर्माले सम्हाल्ने भएका छन् । टी–२० विश्वकप लगत्तै न्युजिल्याण्डविरुद्ध हुने सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ । न्युजिल्याण्ड विरुद्धखेल्ने टोलीमा विराट परेका छैनन् । यस्तै जसप्रीत बुमराह र रवीन्द्र जडेजालाई समेत टोलीमा समावेश गरिएको छैन् […]

टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ?

काठमाडौँ– आईसीसी टी-२० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्यूजिल्यान्डको जितसँगै भारत टी-२० विश्वकपबाट बाहिरिएको छ। भारत र नामिबियाबीच आज सोमबार हुने खेल विराट कोहलीको टी-२० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । कोहलीले यसअघि नै टी-२० विश्वकप २०२१ पछि टी-२० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए । यस पटक भारत पहिलो पटक […]

कप्तान छाड्ने कोहलीको घोषणासँगै दौडमा रोहित

भारतीय टिमका कप्तान विराट कोहलीले विश्वकपपछि टी-२० क्रिकेटको कप्तान छाड्ने घोषणा गरेसँगै कप्तानको दौडमा अर्का स्टार खेलाडी रोहित शर्मा सर्वाधिक अघि छन्।बिहीबार बिराटले ट्विट गर्दै टी-२० विश्वकपपछि टी-२० क्रिकेटको कप्तान छाड्ने घोषणा गरेका हुन्। कोहलीले आफूलाई कामको लोड बढी भएको भन्दै कप्तान छाड्ने घोषणा गरेका हुन्। कोहलीले लिमिटेड ओभरबाट कप्तान छाड्ने यसअघिनै चर्चा भए पनि उनले कहिले छाड्लान भन्ने यकिन थिएन।विराटले कप्तान छोड्ने घोषणा ट्विटरमार्फत एक लेटर शेयर गर्दै गरेका हुन्। उनले सार्वजनिक गरे

विश्वकपपछि टी-२० को कप्तानी छाड्ने विराट कोहलीको घोषणा

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले अक्टोबरमा हुने टी-२० विश्वकपछि टी-२० फर्म्याटमा भारतीय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्। आज ट्वीटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले तीनवटै फर्म्याटमा पछिल्ला ५/६ वर्ष कप्तानी सम्हाल्दा ‘वर्कलोड’ धेरै भएको भन्दै टी-२० फर्म्याटमा कप्तानी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले आफ्ना निकटहरुसँगको धेरै छलफलपछि…

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ । यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको हो । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी पर्नुभएको छैन । कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ । नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ । हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा टी १० लिग खेलिरहनुभएका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानु हुनेछ । नयाँ प्रशिक्षकका रुपमा अस्टे«लियाका डेभ ह्वाटमोर आउनुभएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने छ ।