विभिन्न विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ७ विद्यार्थी संगठनले विद्यार्थीले सहज अध्ययन गर्न पाउने वातावरण बनाउन माग गरे ।
संयुक्त विज्ञप्तिमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्...