राजमार्ग भद्रगोल हुँदा हवाई उडानमा अत्यधिक चाप, टिकट पाउनै मुस्किल
१३ असोज, काठमाडौं । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ ।
वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण …
काठमाण्डाै - सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ ।
मौसमको प्रतिकूलता र एअरलाइन्सहरुको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एअरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर्ड उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा नागरिकलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।
नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि नागरिकले हवाई टिकट ...
दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ ।
काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।