हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउनै मुस्किल

काठमाण्डाै - सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ ।  मौसमको प्रतिकूलता र एअरलाइन्सहरुको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एअरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर्ड उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा नागरिकलाई टिकट पाउन मुस्किल हुने गरेको हो । नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि नागरिकले हवाई टिकट ...

सम्बन्धित सामग्री

जुम्लामा हवाईजहाजको टिकट पाउनै मुस्किल

सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थाले पनि हवाई टिकट पाउन मुस्किल छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको, सर्वसाधारणले सास्ती पाएको भन्ने गुनासो बढेपछि कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान गर्ने निर्णय भयो ।विभिन्न बहाना र कारण देखाउँदै कर्णाली क्षेत्रमा उडान नगरेको नेपाल एयरलाइन्सले गएको कात्तिक १५ गतेदेखि जुम्लालगायत कर्णालीका दुर्गम […]

यात्रुलाई हवाई टिकट पाउन मुस्किल

काठमाडौँ । नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दसैँं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ ।

सर्वसाधारणलाई हवाई टिकट पाउनै मुस्किल

जुम्लाको हवाई सेवा अस्तव्यस्त बन्दै गएको छ । स्थानीय एजेन्टले टिकट वितरणमा मनपरी गर्न थालेपछि हवाई यात्रुले सास्ती पाएका छन् ।चिनजान आफन्तले भनेकै बेला पाउने र सर्वसाधारण हप्ता दिनसम्म पनि हवाई टिकट नपाउने समस्या छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार, समिट एयरले शुक्रबार नेपाल एयरलाइन्सले […]

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

सडक भत्कँदा हवाई टिकट पाउनै गाह्रो

वर्षायाममा सडक यातायात सञ्चालन नहुँदा हवाई यात्रा यात्रुको बाध्यता हो। चाडपर्व नजिकिँदै गर्दा हवाई यात्रुको चापसमेत बढ्छ। जहाज पनि पर्याप्त नहुँदा जहिल्यै टिकट पाउन सकस छ। आकस्मिक बिरामीसमेत तत्काल अस्पताल पुर्‍याउन मुस्किल छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। संखुवासभाको सभाखोलाबाट हिले जाने कच्ची सडक र चैनपुर–वसन्तपुर हुँदै जाने कालोपत्रे सडक भत्केपछि तुम्लिङटार विमानस्थलमा…

हवाई टिकट पाउनै गाह्रो

वर्षायाममा सडक यातायात सञ्चालन नहुँदा हवाई यात्रा यात्रुको बाध्यता हो । चाडपर्व नजिकिँदै गर्दा हवाई यात्रुको चापसमेत बढ्छ । जहाज पनि पर्याप्त नहुँदा जहिल्यै टिकट पाउन सकस छ । आकस्मिक बिरामीसमेत तत्काल अस्पताल पुर्‍याउन मुस्किल छ ।