पर्वत : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडाध्यक्ष प्रमेश गुरुङ जनप्रतिनिधि मात्रै नभएर वर्षौंदेखि च्याङ्ग्रा पाल्दै आइरहेका कृषक पनि हुन्। हरेक वर्ष करिब एक सयको सङ्ख्यामा च्याङ्ग्रा पाल्दै आइरहेका उनले विगत वर्षका यो समयमा सबै च्याङ्ग्रा बेचिसकेका हुन्थे।पोहोरसम्म पनि यो समयमा मुस्ताङमा च्याङ्ग्रा खरिद गर्ने व्यापारीहरूको तँछाडमछाड हुने गरेको भए पनि यस वर्ष व्यापारीको खासै उपस्थिति देखिएको छैन। आवश्यकताअनुसार र ठूला च्याङ्ग्रा आफ्नो भागमा पार्न सोह्