कमलामाई नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

सिन्धुली । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाई नगरपालिका मातहतका विद्यालय ५ दिनका लागि बन्द गरिने भएको छ । कमलामाई नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद दाहालद्वारा जारी विज्ञप्ति अनुसार साउन २२ गतेदेखि २६ गतेसम्म […]

सम्बन्धित सामग्री

प्रचण्ड सिन्धुली आउने कार्यक्रम स्थगित

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली आउने कार्यक्रम स्थगित भएको छ। अध्यक्ष प्रचण्डको व्यस्तताका कारण सिन्धुली आउने कार्यक्रम स्थगित भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले जानकारी दिए। प्रचण्डले आज कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। तर अन्तिममा व्यस्तताका का

माओवादी अध्यक्ष प्रचण्ड आज सिन्धुली आउँदै

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्। नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लागेका हुन्।कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली

काङरिङमा १४ वर्षपछि विद्यालय भवन

स्थानीयले माग गरेको १४ वर्षपछि कमलामाई नगरपालिका–१३ को काङरिङमा जस्ताको छाना लगाएर तीन कोठे विद्यालय भवन निर्माण सम्पन्न भएको छ । २०६४ सालमा थाकलको छाना लगाएर काठले बेराघेरा गरी सञ्चालनमा ल्याएको विद्यालय पछिल्लो समय जीर्ण बनेको थियो । रंगीन जस्ताको छाना लगाएर चिटिक्क पारिएको बालज्योती प्राविको भवन निर्माण सम्पन्न भएपछि स्थानीय हर्षित भएका छन् ।

‘मेयरसाब, विद्यालयमा छाना चाहियो’

विद्यालय भवन निर्माण अपुरो भएपछि कमलामाई नगरपालिका–१३ काङरिङ्गका स्थानीयले कार्यकाल सकिनै लाग्दा टुपुल्किएका मेयरसँग जस्तापाता र शौचालय माग गरेका छन् ।

महाधिवेशन नजिकिँदा कांग्रेस नेता जिल्ला दौडाहामा

१४ औं महाधिवेशनका लागि गठजोड बनाएका कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापा पाँच दिनअघि हेलिकोप्टरबाट कमलामाई नगरपालिका–१४ को चन्दपुर विद्यालय प्रांगणमा ओर्लिए । अल्टिच्युड एयरको हेलिकोप्टरमा दुवै नेताको साथमा काठमाडौं कांग्रेस सभापति सबुज बानियाँ पनि थिए ।

बालबालिकाको भविष्यबारे कसले ध्यान दिने ?

सिन्धुलीको कमलामाई नगरपालिका–६ पानी ट्यांकीका सन्तोष तामाङ १३ वर्षका छन् । यो उनको स्कुल जाने उमेर हो । तर उनी ३ वर्षदेखि सिन्धुलीमाढीको एउटा ग्यारेजमा गाडी धोइरहेका छन् । साथीहरू सुकिला पोशाकमा विद्यालय गएर कापीमा सुनौला …

रित्तिँदै सामुदायिक विद्यालय

सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित ठाकुरदेवी प्राथमिक विद्यालय दर्लामीमा वर्षैपिच्छे विद्यार्थीको संख्या घट्दै गएको छ । अघिल्लो वर्षसम्म २० जना विद्यार्थी रहेको यस विद्यालयमा अहिले त्यो संख्या पनि घटेर १६ मा झरेको छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार अहिले सबै कक्षाका गरी जम्मा १६ जना मात्रै विद्यार्थीहरु भर्ना भएका छन् । त्यसमा पनि सबै विद्यार्थीहरु नियमित आउँदैनन् ।

खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थी

सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित प्राथमिक विद्यालय केराबारीमा अध्ययनरत बालबालिका वर्षातको मौसममा पनि एक सातादेखि खुल्ला आकाशमुनि चौरमा पढ्न बाध्य छन् ।

ओइलायो बीएको प्रमाणपत्र, मौलायो बाख्रापालन

सिन्धुली : कमलामाई नगरपालिका- ६ जसेदमारका डोरबहादुर कार्की (बलराम)ले पाँच वर्ष शिक्षण पेसा गरे। दैनिक १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई लेखाउने पढाउने काममै उनको पाँच वर्ष बित्यो। उनले कमलामाई नगरपालिका- ६ मा रहेको माध्यमिक विद्यालय पानी ट्यांकीमा पाँच वर्ष निजी स्रोतको शिक्षकका रूपमा काम गरेका हुन्। ऐच्छिक ...