शेयर बजार ५४ अङ्कले बढ्दा सात अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – नेप्से परिसूचक आज ५४ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज परिसूचक बढेर २६ सय ६५ भन्दा माथि पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज कारोबार हुने सबै समूहको सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको ६३२ दशमलव १८, निर्जीवन बीमा समूहको ४४८ दशमलव ७८, उत्पादनमूलक समूहको १५० दशमलव ७२ तथा होटल र पर्यटन समूहको सूचक १११ दशमलव १७ अङ्कले बढेको छ । आज दिनभर सात अर्ब ३६ करोड रुपैयाँभन्दा धेरै मूल्यका एक करोड ५८ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेर...

सम्बन्धित सामग्री

शेयर बजार दोहोरो अंकले बढ्दा साढे २ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा कायम भएको हो । यस दिन बजारमा ९५ लाख ५ हजार ६०८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन बुधबार मात्रै […]

शेयर बजार २ अङ्कले बढ्याे

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर बढ्दा अरू समूहको भने घटेको छ । दुई सय २६ वटा कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको नौ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज अपर हेवाखोला हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्र...

आज पनि शेयर बजारमा हरियाली, ५४ अंकले सूचक बढ्दा ४ अर्ब बढीको कारोबार

आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर खरिद बिकीबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै १५ करोड २९ लाख, अरुण काबेली पावरको १४ करोड ५१ लाख, नेपाल टेलिकमको ११ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख तथा अपर तामाकोशीको १० करोड ६० लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ७.९ प्रतिशत तथा विकास बैंक समुह ५.८४ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रो समुह ४.५ प्रतिशतले बढेको छ । आज नारायणी विकास बैंक, मल्टीपर्पोज फाइनान्स, सुर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रो लगायत १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बढी गुमाउने ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । यस अघि हिजो आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब बढी रहेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।

शेयर बजारको ओरालो यात्रा उस्तै, आज पनि झन्डै ३० अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।  आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज बलेफी हाइड्रो र लाइफ...

शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए ?

२७ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड […]

अपर तामाकोशीसहित यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २८ साउन । नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । १६ अंकले शेयर बजार बढ्दा १७ अर्ब बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज अपर तामाकोशीको शेयर कारोबार उच्च भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ८ सय ७४ रुपैयाँ कायम भई ६२ करोड ७९ लाख बढीको कारोबार भएको छ । साताको […]

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २९ असार । शेयर बजार आज ० दशमलव ५७ प्रतिशतले बढ्दा ५ अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा धेरै आज नेपाल बंगलादेश बैंकको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार बैंकको आज प्रतिकित्ता ४३९ रुपैयाँले शेयरमुल्य बढेर ४५ करोड ४७ लाख बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १९ सय […]

शेयर बजार पुनः लयमा फर्किएको संकेत : २.६० % परिसूचक बढ्दा ८ अर्बमाथिको कारोबार

असार २७, काठमाडौं । नेपालको शेयर बजारले पुनः लयमा फर्किएको संकेत गरेको छ । गत साता लगातार चार कारोबार दिन घटेर २ हजार ८०१ विन्दुसम्म झरेको बजार पुनः आफ्नो गतिमा फर्किएको हो । बुधवार र बिहीवारको कारोबारमा बजार २ हजार ७९३ विन्दुसम्म झरेको छ । बिहीवारदेखि बढ्न थालेको बजार २ हजार ७९३ को बलियो टेवाविन्दुलाई पार गर्दै अघि बढेको देखिन्छ । गत जेठ ३१ गते हालसम्मकै उच्च ३ हजार २५ दशमलव ८२ विन्दुसम्म पुगेको नेप्से परिसूचक त्यसभन्दा पछि भने घटेको हो । गत बिहीवार २३ दशमलव ९७ अंक बढेर २ हजार ८२५ दशमलव १० विन्दुमा बन्द भएको बजार आइतवार २ हजार ४४५ दशमलव ४३ विन्दुदेखि खुलेको हो ।  आइतवार अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक २ दशमलव ६० प्रतिशत अर्थात् ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ विन्दुमा पुगेको छ । लगानीकर्ताहरुले असार मसान्तसम्म तिर्नुपर्ने कर र कर्जाको ब्याज रकम भुक्तानी गरी पुनः बजारमा प्रवेश गरेका कारण आइतवारको बजार सकारात्मक बनेको जानकारहरु बताउँछन् ।  बजार एक वर्षभन्दा बढी अवधिसम्म बढ्दा पनि वाणिज्य बैंकहरुको शेयरमूल्य अझै तल रहेकाले वाणिज्य बैंकहरुको शेयर मूल्य बढ्दा बजारमा थप सकारात्मक प्रभाव पर्ने विश्लेषणसहित पछिल्लो समय लगानी गर्ने क्रम बढेको जानकारी पनि उनिहरुले दिएका छन् । यस दिन ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५५ प्रतिशत बढेको छ । १३ दशमलव ५१ अंकले बढेर यो दिन सेन्सेटिभ इन्डेक्स ५४३ दशमलव १६ विन्दुमा पुगेको छ । पछिल्लो समय रू. ५ अर्बभन्दा मुनि खुम्चिएको शेयर कारोबार रकम पनि आइतवार बढेको छ । यो दिन रू. ८ अर्ब ६ करोड १३ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २२५ कम्पनीहरुको ८२ हजार ४९ पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर कारोबार भएको हो । कुल कारोबारमा यो दिन सर्वाधिक हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ३९ करोड ९६ लाख ११ हजार बराबरको शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि यस दिन ४ दशमलव १० प्रतिशत अथाृत प्रतिकित्ता रू. ३८ ले बढेर अन्तिम मूल्य रू. ९६४ पुगेको छ । यस दिन गोर्खाज फाइनान्स , श्री इन्भेष्टमेण्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य २१ ऋोटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १०३ ले बढेर अन्तिम मूल्य रू. १ हजार १३३ , श्री इन्भेष्ण्टमेण्ट फाइनान्सको प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ४५१ र आईसीएफसी फाइनान्सको प्रतिकित्ता रू. ५३ ले बढेर अन्तिम मूल्य रू. ५८३ पुगेको हो । दोहोरो उच्च अंकले बढेको बजारमा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ३ दशमलव ७५ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. ३० ले घटेर उक्त कम्पनीको अन्तिम मूल्य रू. ७७० कायम भएको छ ।  यस दिन वित्त र विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचकहरु बढेको यस दिन वित्तको सर्वाधिक ८ दशमलव ३९ प्रतिशत र विकास बैंकको ८ दशमलव २४ प्रतिशतले बढेको हो ।

नेप्सेमा आज यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं, २४ असार । शेयर बजार आज २३ अंकले बढ्दा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको १ करोड ३१ लाख ४१ हजार २४० कित्ता खरिद बिक्रि भएको छ । नेप्सेको अनुसार सबैभन्दा धेरै आज नेपाल बैंक लिमिटेडको २१ करोड १८ लाख बढीको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टलरीको १७ […]