द्रुत मार्ग निर्माणमा लापरबाही

काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग आयोजना निर्माणका क्रममा निस्कने ढुङ्गामाटो (थिग्रो)का कारण मकवानपुरको बकैया गाउँपालिकाका बस्तीहरू वर्षायाममा जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ । द्रुत मार्ग आयोजनाअन्तर्गत सडक र सुरुङ मार्ग निर्माण गर्ने क्रममा निस्कने ढुङ्गा, माटोलगायतको उचित व्यवस्थापन आयोजना र निर्माण कम्पनीले नगर्दा पालिकामा रहेका खोलानाला तटीय क्षेत्रका बस्तीहरू जोखिममा परी स्थानीयवासी विस्थापित हुने अवस्था देखिएको हो ।

सम्बन्धित सामग्री

‘फास्ट ट्र्याक’ निर्माणमा सेनामाथि नै संशय

निर्धारित समयमा गुणस्तरीय सडक निर्माणको अपेक्षासहित काठमाडौं–तराई फास्ट ट्र्याक (द्रुत मार्ग) नेपाली सेनालाई जिम्मा लगाइए पनि निर्माण कार्य भने निकै सुस्त देखिएको छ।...

रणनीतिक महत्वका सडक निर्माणमा सेनाको सक्रियता

राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ तराई÷मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा), कर्णाली करिडोर (लालीबगर–दुल्लीकुना खण्ड र घाटपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनका अघि बढेका सडक आयोजना हुन् …

फाष्ट ट्रयाक निर्माणमा गोलमाल भेटिएपछि जर्साबको क्षमतामाथि नै प्रश्न

काठमाडौं, २४ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाक सेनालाई दिएर छिटो र छरितो काम हुने भनिएपनि समस्या नै समस्याको गाँठो बन्न थालेको छ । परामर्शदाता चयन देखि ठेकेदार छनोट प्रक्रिया यसै पनि विवादमा परेको थियो । कालो सूचीमा परिसकेका र काममा ढिलाई गरेर आलोचित कम्पनीलाई जिम्मेवारी दिंदा सेना नै विवादमा पर्ने अवस्था सृजना […]

फाष्ट ट्रयाक निर्माणमा तीन चिनियाँको मृत्युले जन्मायो यी रहस्य

काठमाडौं, १६ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा वैशाखको तेस्रो साता लोडर पल्टिएर तीनजनाको मृत्यु भएको घटनाले धेरै रहस्यहरु खुल्न थालेको छ । मकवानपुरको पूर्वी बकैया गाउँपालिका ११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएको घटनामा मृत्यु भएका चिनियाँको वर्क पर्मिट, बीमालगायतको विषय उठेको छ । राष्ट्रिय गौरवको परियोजना अन्तर्गतका दुईवटा खण्ड गरी दुई चिनियाँ […]

मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जना चिनियाँको मृत्यु, ४ घाइते

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।निजगढ काठमाडौं द्रुत मार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखनजिक लोडर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।द्रुत मार्गमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। घाइते र मृतक द्रुत मार्ग

खुटिया–दीपायल फास्ट ट्र्याकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् ।निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुनासो गरे। “ज्याला दिन आ...

फास्ट ट्रयाकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

काठमाडौं। सुदूरपश्चिममा बनिरहेको खुटिया–दीपायल फास्ट ट्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न कर्मचारीले एक वर्षदेखिको तलब पाएका छैनन्। ठेकेदार कम्पनी आशिष अनिष्टले सडक निर्माणमा लागेका १२५ मजदुरको ज्याला एक वर्षदेखि आलटाल गरेको हो। कम्पनीबाट मजदुरले ३५ लाख रुपैयाँ पाउन बाँकी रहेको बताइएको छ।

द्रुत मार्ग कि दीर्घ मार्ग ?

काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्ग (एक्सप्रेसवे) निर्माणमा अनेक विवादका शृंखलाले जन्म लिन थालेको छ । नेपालमा नयाँ आयोजनाको चर्चा शुरू हुनेबित्तिकै विरोधको लहर शुरू भइहाल्छ । पक्षमा भन्दा विपक्षमा तर्कहरू खोजीखोजी ल्याइन्छ । आममानिस पनि पक्षभन्दा विपक्षका तर्कलाई पत्याउँछन् । हरेक निर्माण कार्यमा शंका गर्नु र तिनको विरोध गर्नु त दिनचर्याजस्तै बनेको छ । सरकारी काम गराइ पनि यस्तो प्रवृत्तिलाई मलजल गर्ने खालको छ । समयमा काम नगर्ने, काम गर्दा वा नगर्दा आफूलाई व्यक्तिगत लाभहानि के छ भनी हेर्ने प्रवृत्ति कर्मचारीतन्त्रमा भएकाले कुनै पनि आयोजनाहरू समयमा सम्पन्न हुँदैनन् । निकै महत्त्व दिइएको काठमाडौं–तराई द्रुतमार्गमा पनि यस्तै भएको छ । भारती कम्पनीलाई जिम्मा दिन खोज्दा व्यापक विरोध भएपछि नेपालले आफै बनाउने भनेर सेनालाई निर्माणको जिम्मा दिइयो । सीमा रक्षाजस्तो संवदनशील काममा लाग्ने सेनालाई व्यावसायिक काम गर्न जिम्मा लगाइयो । सेनाले पनि शुरूमा प्रशंसा पाउन काम गरेको कुरालाई निकै प्रचारमा ल्यायो । तर, अहिले सेनाको काम विवादित बन्न थालेको छ । संसद्को सार्वजनिक लेखासमितिले चैत १९ गते द्रुतमार्गको दुई प्याकेजको टेन्डर आह्वानका लागि प्रि–क्वालिफिकेशन नतीजामध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा नदेखिएको भन्दै रद्द गरी पुनः प्रि–क्वालिफिकेशन प्रक्रिया अघि बढाउन निर्देशन दियो । तर, यो निर्देशन दिएको २ दिनपछि चैत २१ गते सेनाले प्रि–क्वालिफिकेशनमा छनोट भएका दुईओटै प्याकेजको आर्थिक प्रस्ताव खोलेर मूल्यांकन गरेको छ । छनोट भएका कम्पनी प्राविधिक पास भएको भन्दै आर्थिक प्रस्ताव मागिएको छ । सेना उनीहरूसँग नै ठेक्का सम्झौता गर्नेगरी अघि बढेको छ । वास्तवमा सेनालाई काम दिँदा विवाद हुँदैन, भए पनि सेनाको काम भन्दै प्रक्रिया छल्न पाइन्छ भन्ने सोच सरकारको देखिन्छ । आफूले गर्ने काममा बढी विवाद भएपछि खुरुक्क सेनालाई सुम्पने प्रवृत्ति खराब नै हो । सेनाको ठेक्का प्रक्रियामा संसदीय समितिले असन्तुष्टि देखाएको छ । यसले सेनालाई विवादमा तानेको छ । आवेदन दिएका विभिन्न २२ कम्पनीमध्ये चिनियाँ कम्पनी मात्रै छनोट भएको हो । एउटा मात्रै कम्पनी छनोट हुँदा प्रतिस्पर्धा नहुने भन्दै यो ठेक्काको आलोचनासमेत भएको थियो । लेखा समितिले रक्षा हुँदै सेनालाई प्रि–क्वालिफिकेशन रद्द गर्न पत्राचार गरेको छ । तर, रक्षा मन्त्रालयले सेनालाई कुनै निर्देशन वा पत्राचार नगर्दा सेना विवादमा परेको छ जुन राम्रो होइन । केही मानिसहरू यो ठेक्का रोक्न लागि परेका छन् । यो प्रक्रिया रोकिने हो भने आयोजनाको समय र लागत दुवै बढ्छ । सेनाले काम गर्दा ढंग नपुर्‍याएको हो । तर, ठेक्का नै रद्द गर्ने निर्देशनचाहिँ उपयुक्त देखिँदैन । संसदीय समितिका यसअघिका धेरै निर्देशनहरू अत्यधिकले पालना गरेको देखिँदैन । पालना नगर्नेलाई समितिले स्पष्टीकरण सोध्नेबाहेक अरू केही गरेको देखिँदैन । धेरैलाई त त्यही स्पष्टीकरण पनि सोधिएको छैन । यसरी विकास निर्माणका काममा विवाद भइरहनु उपयुक्त होइन । साथै, विकास निर्माणका काममा पारदर्शिता नपाउनु पनि उपयुक्त होइन । यी दुवै कारण नेपाल अभैm पछि परिरहने देखिन्छ । जिम्मेवारी र पारदर्शिता कहिलेदेखि शुरू होला ? सन्तोष मिश्र नक्साल, काठमाडौं ।