विपद् पूर्वतयारीमा ध्यान पुगेको भए प्रधानमन्त्रीसँंगै राहत सामग्री पुग्नुपथ्र्याे। स्वयम्सेवकहरू परिचालन गरेर अस्थायी आवास बनाउन सकिएको भए पीडितलाई थोरै भए पनि राहत मिल्थ्यो।
विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमसँग लड्न तयारी अवस्थामा रहनुपर्नेमा हालै मात्र जाजरकोट कन्द्रविन्दु भएर गएको भूकम्पले अझै पनि सरकारी पूर्वतयारी कति कमजोर छ भन्ने देखाएको छ ।
विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमसँग लड्न तयारी अवस्थामा रहनुपर्नेमा हालै मात्र जाजरकोट कन्द्रविन्दु भएर गएको भूकम्पले अझै पनि सरकारी पूर्वतयारी कति कमजोर छ भन्ने देखाएको छ ।
काठमाडौं, १ माघ । विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ । भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ […]
१३ वर्ष अघिको भूकम्प र सुनामीका कारण जापानमा ठुलो क्षति भयो। भूकम्पले फुकुसिमाको आणविक भट्टीमा समेत दुर्घटना भयो। जापानमा १३ वर्ष अघिको स्मरण अझै ताजै छ। यी सबै स्मरण ताजै रहेकै समयमा सोमबार जापानको इसिकावामा सुनामीको पूर्व सूचना स्वरूप साइरन बजेको थियो। जापानमा यस्ता साइरनहरू सामान्य नै थिए। प्रत्यक्षदर्शी र भुक्तभोगी अनुसार पहिला घरमा असर […]
गोरखा भूकम्प गएको ८ वर्ष हुँदा पनि त्यसबाट पाठ सिकेर भूकम्पीय जोखिम भएका ठाउँका कमजोर संरचनालाई बलियो बनाउन हामी चुक्यौं । जाजरकोटमा कमजोर संरचनाका कारण यो विघ्न जनधनको क्षति भएको हो ।
एकातिर तिहारको रौनक छ भने अर्कोतिर जाजरकोट भूकम्पपछिको राहत र पुनःनिर्माणाको विषयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। २०७२ सालको विनाशकारी भूकम्पपछि हामीले के पाठ सिक्यौं ? २०७२ को भूकम्पपछिको पुनःनिर्माणको अनुभव, उक्त भूकम्पपछि तत्कालीन राष्ट्रिय योजना आयोगले कस्ता योजना अगाडि बढाएको थियो ? अहिले कसरी अगाडि बढ्दा पीडितलाई चाँडोभन्दा चाँडो राहत मिल्छ ? यी र यस्तै विषयमा […]
केही दिनअघि जाजरकोट र रुकुमका नागरिकको मस्त निद्रामाथि अचानक हमला भयो । यो हमला कुनै शत्रु पक्षले गरेको थिएन । हरेक प्राणीको जीवन रक्षा गर्ने प्रकृति आफैँले त्यहाँका नागरिकमाथि धावा बोलेको थियो । कतिपय प्राकृतिक प्रकोप मानिस आफ्ना कर्मले निम्त्याउँछ तर यस पटक यहाँ नागरिकको कुनै दोष थिएन । भूकम्पलाई नागरिकले प्रतिरोध वा प्रतिरक्षा गर्ने तागत आजसम्मको विज्ञानले पत्ता लगाउन सकेको छैन । त्यसकारण आफ्नो गल्तीबिनाको सजाय यस पटक यस भेकका नागरिकले बेहोरे । सानातिना भूकम्पलाई पचाएको अनुभूति गर्न थालेका नेपाली नागरिकलाई २०७२ सालको सम्झना दिलाउने गरी यस पटकको आक्रमण रुकुम र जाजरकोटमा भयो । यो घटनासँगै फेरि एक पटक भूगर्भविद्हरूका अनुमान छरपस्ट हुन सुरु भएका छन् ।
काठमाडौं : काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्। काठमाडौं बस्तीहरुले भरिएको शहर हो। मानिसको भीड र अव्यवस्थित बसोवास। जसका कारण खाली ठाउँ प्रायः शून्य छ।खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुदद बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँ का त्यूँ छ। समस्या समाधानको बुटी फेला पर्न सकेको छैन। खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर, गएको कुराको वास्त
आज दोस्रो पटक महाभूकम्प गएको ठीक चार वर्ष पुगेको छ । वि.सं. १९९० को महाभूकम्पपछि २०७२ वैशाखमा गएको ८ म्याग्निच्युटको भूकम्पले व्यापक विनाश ग-यो । उक्त भूकम्पले देशका ३२ जिल्लालाई प्रभावित तुल्याए पनि १४ जिल्लाको ८ लाख परिवार पूरै प्रभावित भए । उक्त भूकम्पमा परी ९ हजारको ज्यान गयो भने झन्डै २५ हजार घाइते भए ।