उपत्यकाका अस्तव्यस्त खुला ठाउँ (फोटो फिचर)

काठमाडौं : काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्। काठमाडौं बस्तीहरुले भरिएको शहर हो। मानिसको भीड र अव्यवस्थित बसोवास। जसका कारण खाली ठाउँ प्रायः शून्य छ।खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुदद बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँ का त्यूँ छ। समस्या समाधानको बुटी फेला पर्न सकेको छैन। खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर, गएको कुराको वास्त