युक्रेन युद्ध विश्वका ठूला तेल कम्पनीहरूको लागि निक्कै फाइदाजनक साबित भएको छ । ब्रिटिस पेट्रोलियम(बीपी)ले यो वर्षको दोस्रो त्रैमासिकमा मात्रै झण्डै ८.५ अर्ब डलर मुनाफा कमाएको मंगलबार कम्पनीले बताएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यसबाट आम उपभोक्ता प्रभावित भए पनि तेल कम्पनी भने मालामाल भएका छन् । फाईनान्सियल टाईम्स स्टक एक्सचेन्ज १०० इन्डेक्समा सूचीकृत बीपीको अप्रिलदेखि जुनबीचको मुनाफा ८.५ अर्ब डलर पुगेको कम्पनीले जारी रिपोर्टमा उल्लेख छ ।&nb