बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् । ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भए