काठमाण्डाै – सांसद पद गुमाएपछि पुनर्नियुक्ति पाएका चार मन्त्रीले राष्ट्रपतिबाट पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शपथ लिएकाे राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूले यसअघिकै मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।
रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति, साहले सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका ...