बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपाबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीलाई राजीनामा दिनबाट रोकेका छन् । जसपाबाट सरकारमा सामेल भएकामध्ये भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार राजीनामा दिएका थिए । सो पार्टीबाट सरकारमा सहभागी बाँकी दुई मन्त्रीलाई भने मुख्यमन्त्री पोखरेलले केही समय कुर्न भन्दै राजीनामा नदिन आग्रह गरेका हुन् ।यद्यपि, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका विजयबहादुर यादव भने आफूहरुले पनि राजीनामा दिएसर