विराटनगर : गत असार ३० गते बिहीवार उनी सम्झन त चाहँदैनन्। तैपनि गफिदै जाँदा गफको शुरुवात त्यहीबाट हुन्छ। त्यो समय उनको नाङ्लो रेष्टुरेन्ट क्षणभरमै आगलागी भएको थियो। करिब दुई वर्ष कोभिड महामारी छलेर एउटा लयमा हिँडाउदै गरेको रेष्टुराँमा क्षणभरमा दन्केको आगोसँगै उनका केही सपना पनि खरानी बने।जीवनका आरोह,अवरोहमा धेरै संघर्षका जँघार तर्दै आएका विराटनगर–२ का ईश्वर बाँसकोटाले ‘नाङलो’लाई पुनः सञ्चालनमा ल्याएका छन्। उनले सोमबारबाट सञ्चालनमा ल्याएका हुन