इलाममा कृषिजन्य वस्तुको निकासी र आम्दानी घट्यो

इलाम– चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा ओगट्ने कृषिजन्य वस्तुबाट प्राप्त हुने आम्दानी भने ह्वात्तै ओरालो लागेको छ । नेपालबाट निर्यात हुने अलैची, चिया, अदुवालगायतका वस्तुको ओरालो लागेको हो । भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल, पोलिष्टार तथा धागो, ऊनी, गलैचा, […]

सम्बन्धित सामग्री

चिया उत्पादन तथा निकासीमा समस्या

इलाम । विगतका वर्षमा यसपटक चियाको दोस्रो टिपाइ गर्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने पहिलो टिपाइबाटै किसानले उल्लेख्य आम्दानी बटुल्थे । यसपटक विगतझैं भएन । चियाको पहिलो टिपाइ फस्टाउन फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गतवर्ष तीन हजार किलो हरियो पत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । शायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यसपटक चिया बढ्थ्यो,’ उनले भने । चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लगाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए ।      ‘पानीको त मुख्य समस्या नै भयो, तर मल अभाव हुँदा पनि चिया घटेको छ,’ कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अग्र्यानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् । तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नुपर्‍यो । उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ । तर यसपटक भने कोरोनाका कारण सहज रूपमा चिया निकासी भएको छैन । कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरू बेला यहाँबाट गएको चिया अधिकतम मात्रामा विक्री हुन्थ्यो,’ सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’ चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानुपर्छ । तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो, त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो । तर यसपटक हालसम्म पुग्न सकेको छैन । देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पुर्‍याउन नसक्दा विक्री नहुने सम्भावना बढी हुन्छ । यसका लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालू आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा ३ अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०७६/७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट २ अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले बताएको छ । रासस

चिया उत्पादनमा मौसम र निकासीमा कोरोना झमेला

वैशाख २७, इलाम । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन । चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गत वर्ष तीन हजार किलो हरियोपत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । सायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यस पटक चिया बढ्थ्यो’, उनले भने ।  चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए । ‘पानीको त मुख्य समस्या नै भयो तर मल अभाव हुँदा पनि चिया घटेको छ’, कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अर्गानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नु पर्‍यो ।  निकासीमा उस्तै लफडा  उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन ।  कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरुबेला यहाँबाट गएको चिया अधिकतम मात्रामा बिक्री हुन्थ्यो’, सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’  चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानु पर्छ तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो तर यसपटक हालसम्म पुग्न सकेको छैन ।  देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पु¥याउन नसक्दा बिक्री नहुने सम्भावना बढी हुन्छ । यसको लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालु आर्थिक वर्ष ०७७र ७८ मा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा रू. तीन अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष ०७६ ०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट रू. दुई अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ । रासस

गलैंचा निर्यात परिमाण घट्यो, आम्दानी स्थिर

पछिल्लो समय नेपालबाट गलैंचा निकासी उत्साहजनक रूपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा गलैंचाको माग बढ्दै गएपछि निर्यातमा वृद्धि भएको हो । चालू आर्थिक वर्षको ६ महिनामा गलैंचाको निर्यात १३.३ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको निर्यात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांक छ ।

अन्तर्राष्ट्रिय बजार निर्यात हुने छुर्पीको मूल्य घट्यो

इलाम : केही महिना यता छुर्पीको मूल्य घटेपछि किसान र व्यवसायी मारमा परेका छन्। एसिया तथा युरोपको बजारमा निकासी हुने छुर्पीबाट मनग्गे आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्य घटेपछि मारमा परेका हुन्। नेपालबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिमहिना तीन टन छुर्पीको माग हुने गरेको थियो। विगतमा यसको माग धान्न नै धौ धौ पर्ने गरे...