काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर नयाँ तालिका सार्वजनिक गरेको छ । यसअघि शुक्रबार निकालेको परीक्षा तालिका सच्चाउँदै नयाँ तालिका सार्वजनिक गरेको हो । त्रिविले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको थियो । विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समयमै परीक्षा नगर्ने, नतिजा प्रकाशन नगर्ने, एउटा विषयमा अर्काे विषयकाे प्रश्नपत्र पर्ने, प्रश्नपत्र विगतकै दाेहाेरिने, परीक्षा अगावै प्रश्नपत्र बाहिरिनेसम्मका लापरवाहीप्रति विद्यार्थीको चरम गुनासो रहँदै आएको छ । यसैबीच त्रिविले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ । विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स […]
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईईं)को परीक्षा तालिका केही दिनभित्रै प्रकाशित गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै बुधबार वा बिहीबारभित्र तालिका सार्वजनिक हुने जानकारी दिएका छन्।
माघ २०, काठमाडौं। कोरोनाको तेस्रो लहर ओमीक्रोन फैलिएको भन्दै स्थगित भएका लोक सेवा आयोगका सबै परीक्षा यहि फागुनमा सञ्चालन हुने भएका छन । बुधबार बसेको आयोगको बैठकले स्थगित भएका परीक्षाहरु आउँदो फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
आयोगले यसअघि माघ ६ गते परीक्षा तालिका निकालेको थियो। तर कोरोनाको बढ्दो संक्रमणका कारण सबै परीक्षा अर्को सूचना नआए सम्मको लागि स्थगित गरिएको थियो ।
आयोगले स्थगित गरिएको उपसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह -(प्राविधिक), स्वास्थ्य सेवा तर्फ नबौँ, आठौँ र सातौँ तहको परीक्षा तालिका प्रकाशित गरेको छ ।
परीक्षामा सबै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीका हकमा पछि परीक्षा दिने व्यवस्था गरेको छ । यसअघि दुई पटकसम्म परीक्षा तालिका प्रकाशित गरेर स्थगित भएको परीक्षा तेस्रो प्रयासमा सम्भव भएको हो ।