कोरोनाका कारण स्थगित लोकसेवा आयोगका परीक्षा फागुनमा हुने

माघ २०, काठमाडौं। कोरोनाको तेस्रो लहर ‌ओमीक्रोन फैलिएको भन्दै स्थगित भएका लोक सेवा आयोगका सबै परीक्षा यहि फागुनमा सञ्चालन हुने भएका छन । बुधबार बसेको आयोगको बैठकले स्थगित भएका परीक्षाहरु आउँदो फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगले यसअघि माघ ६ गते परीक्षा तालिका निकालेको थियो। तर कोरोनाको बढ्दो संक्रमणका कारण सबै परीक्षा अर्को सूचना नआए सम्मको लागि स्थगित गरिएको थियो । आयोगले स्थगित गरिएको उपसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह -(प्राविधिक),  स्वास्थ्य सेवा तर्फ नबौँ, आठौँ र सातौँ तहको परीक्षा तालिका प्रकाशित गरेको छ ।  परीक्षामा सबै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ ।

सम्बन्धित सामग्री

कोरोनाका कारण रोकिएका लोकसेवाका परीक्षा फागुन ६ बाट सुरु हुने

कोरोनाका कारण स्थगित उपसचिव र शाखा अधिकृतको परीक्षा फागुन ६ बाट सुरु हुने भएको छ। लोकसेवा आयोगले एक सूचना निकालेर परीक्षा सञ्चालन हुने जानकारी दिएको हो। आयोगको बुधबार बसेको बैठकले माघ...

कोरोनाका कारण टियू र लोकसेवा आयोगका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले माघ मसान्तसम्म लिने भनेका लिखित परीक्षा स्थगित भएका छन्।

कोरोनाका कारण टियू र लोकसेवा आयोगका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले माघ मसान्तसम्म लिने भनेका लिखित परीक्षा स्थगित भएका छन्।

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशास

रेल सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं (अस) । विगत ७ महीनादेखि पार्किङमा रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महीनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको  कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेल सञ्चालनका लागि पुराना तथा अवकाश पाइसकेका र हाल कार्यरत कर्मचारीलाई कम्पनीले तालीम दिने भएको छ । १०० जना त्यस्ता कर्मचारी तथा प्राविधिकलाई तालीम दिन लागिएको महाप्रबन्धक भट्टराईले बताए । बुधवारदेखि रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीलाई तालीम दिइने उनले जानकारी दिए । उनका अनुसार तालीम दिन भारतको कोंकण रेल्वे कर्पाेरेशनका अधिकारी जनकपुर आइसकेका छन् । लोकसेवा आयोगले निकाल्ने भर्ना प्रक्रिया रद्द भएपछि कम्पनीले नै कर्मचारी तथा प्राविधिकको व्यवस्थापन गर्न लागेको हो । असोज १ गते जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले त्यसअघि भदौ अन्तिम साता १२९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन खुलाएको थियो । महाप्रबन्धक भट्टराईका अनुसार तालीम २ हप्तासम्म चल्नेछ । रेल सञ्चालनका लागि पटक–पटक मिति सारिँदै आएको छ । कम्पनी वैशाख महीनाभित्र रेल सञ्चालनको तयारीमा रहेको भट्टराईले बताए । यद्यपि अहिले पुनः कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्योल भने कायमै छ । ‘कोरोनाका कारण विलम्ब होला कि भन्ने हो, तर सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने । नेपालले भारतीय कोंकण रेलवे कर्पाेरेशन कम्पनीसँग भन्सारबाहेक ८५ करोड ६५ लाखमा पाँचओटा डिब्बासहितका दुई सेट रेल किनेको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा जयनगर–जनकपुर ३४ किमी खण्डमा रेल चल्नेछ ।

अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक, कुन परीक्षा कहिले?

काठमाडौं : लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ। आर्थिक वष ०७६-७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ। जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट ...