काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई सर्वोच्च अदालतले परास्त गरेको बताएका छन् । बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको भेलामा बोल्दै महतोले संविधान एउटा लयमा आएको बताए । ‘प्रतिनिधिसभा पुनःस्थापनाले सबै ठिकठाकचाहिँ हुँदैन’ वरिष्ठ नेता महतोले भने–‘सांसदको पद बँच्यो तर, माननीयको पद बहाली हुँदैमा सबै ठीकठाक हुँदैन ।’ संविधान बनाउँद