सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीबाट सरकार सामेल मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेपछि जसपाको बहुमत रहेको मधेश सरकारले कांग्रेसका मन्त्रीहरु हटाउने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई हटाउने …