सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस १९, काठमाडौं । सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (सोमवार) रहेको छ ।  यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने भएसँगै पुस १९ गते अर्थात् सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । सिभिल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशलमव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा आम्रपाली व्याक्वेंट बालुवाटार काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । त्यसैगरी रिलायन्स फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते मुख्य कार्यालय प्रर्दशनीमार्ग, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

१ वाणिज्य बैंक सहित २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस १९ गते सोमबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १९ गतेसम कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । सिभिल बैंक Civil Bank Limited  ले पुस ३० गते शुक्रबार बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।बैंकको सभामा सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने,  आ.व. २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , नियामकबाट थप समशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।त्यस्तै रिलायन्स फाइनान्सले  Reliance Finance  ले पनु पुस ३० गते नै साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले (मंगलवार) बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको म...

सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिभिल बैंक Civil Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ ।  बैंकले मङ्सिर २४ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो। कम्पनीले १,००० अंकित दरको ३०,००,००० (तीस लाख) कित्ता ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १८ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १२ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २४ गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । बैंकले ऋणपत्रको लागि  नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ  ।  जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।  प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटल लि.ले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।

सामलिङ पावरको आईपीओ आवेदन दिने आज अन्तिम दिन

असोज १, काठमाडौं । सामलिङ पावर कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (शुक्रवार) रहेको छ ।  कम्पनीले भदौ १८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । जसमध्ये अति प्रभाभित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका वडा नं ४ र ५ का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर छुट्याएको छ ।  बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता भने इलाम जिल्लाभरका स्थानीयका लागि छुट्याएको हो । शुक्रवार अर्थात् असोज १ गतेसम्म सम्पूर्ण शेयर विक्री नभएमा असोज १७ गतेसम्म खुला रहनेछ ।  आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीले इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको जानकारी गराएको छ ।