सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिभिल बैंक Civil Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ ।  बैंकले मङ्सिर २४ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो। कम्पनीले १,००० अंकित दरको ३०,००,००० (तीस लाख) कित्ता ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १८ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १२ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २४ गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो । बैंकले ऋणपत्रको लागि  नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ  ।  जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।  प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटल लि.ले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् । 

सम्बन्धित सामग्री

सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

पुस ७, काठमाडौं । सिभिल बैंकले मंसिर २४ गते शुक्रवारदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने  बुधवार अन्तिम दिन रहेको छ ।  कम्पनीले सूचना जारी गर्दै पुस ७ गतेसम्म मात्र ऋणपत्र विक्री खुला गरिने जानकारी दिएको हो ।  कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।  कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनमा ल्याएको छ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ ।  कम्पनीले सर्वसाधारणको लागि निष्कासन गर्ने कुल १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने बाँकी सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । ऋणपत्र खरीदका लागि छिटो अवधि मंसिर २८ गतेसम्म तोकेको थियो ।  उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि पुस ९ गतेसम्म विक्री खुला हुने बताएको कम्पनीले माग बमोजिम आवेदन परेकाले विक्री बन्द गर्न लागेको जानकारी दिएको छ ।  कम्पनीले आवेदकले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता का लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । कम्पनीले १० वर्ष अवधिका लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो । कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।