मास्क र स्यानिटाइजर बढी मूल्यमा बेच्ने थप ४ मेडिकललाई तिराइयो २-२ लाख जरिवाना
काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्क र स्यानिटाइजर बढी मूल्यमा बेच्ने उपत्यकाका थप ४ वटा औषधि पसललाई २–२ लाख जरिवाना गरेको छ। यसअघि मंगलबार पनि ४ वटा मेडिकल...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले इटहरीका दुई औषधि पसल सञ्चालकलाई २ लाख २० हजार रुपैयाँ जरिवाना गराएको छ । औषधि पसलेहरुले कोरोना महामारीको मौकामा एमआरपी र बिलबिजक नभएको ह्याण्ड सेनिटाइजर र मास्क बिक्री गरेर अस्वाभाविक मुनाफा राखेकोमा मंगलबार जरिवाना गरेको हो ।
काठमाडौं- मास्क र स्यानिटाइजर बढी मुल्यमा बेच्ने उपत्यकाका ४ वटा मेडिकल तथा औषधि पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार जनही २ लाख रुपैयाँ जरिवाना तिराएको...
कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ ।
कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चारवटा सर्जिकल पसललाई ठूलो मात्रामा जरिवाना तोकिएको छ ।