वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले इटहरीका दुई औषधि पसल सञ्चालकलाई २ लाख २० हजार रुपैयाँ जरिवाना गराएको छ । औषधि पसलेहरुले कोरोना महामारीको मौकामा एमआरपी र बिलबिजक नभएको ह्याण्ड सेनिटाइजर र मास्क बिक्री गरेर अस्वाभाविक मुनाफा राखेकोमा मंगलबार जरिवाना गरेको हो ।