१४ असोज, काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई देशकै महत्वपूर्ण निकायको सदस्य बनाएका छन् । जोङलाई राष्ट्रिय मामिला परिषद (स्टेट अफेयर्स काउन्सिल) को सदस्य बनाइएको उत्तर कोरियाको सरकारी समाचारमाध्यम केसिएनएले जनाएको हो । उक्त परिषद उत्तर कोरियाको सर्वोंच्च निर्णय-निर्माण निकाय हो र नेता किमले यसको नेतृत्व गर्दै आएका छन् […]