काठमाडौं। जापानले एसियाका चार राष्ट्रलाई एस्ट्राजेनेकाको १२.४ लाख डोज खोप दिने घोषणा गरेको छ। उक्त सूचीमा नेपाल भने परेन। जापानले इण्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाल्इल्याण्डलाई खोप उपलब्ध गराउने घोषणा गरेको हो। जापानका विदेशमन्त्री तोशिमित्सू मोतेगीेले यी खोपको आपूर्ति आउँदो साताबाट सुरु गरिने जनाएका छन्। जापनले ताइवान र भियतनामलाई दश–दश लाख खोप दिने घोषणा यसअघि नै गरेको थियो।