चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज कोराना खोप दिने घोषणा गरेका छन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा सीले उक्त घोषणा गरेको नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले बताएकी छन्। १० लाख डोज खोप चीनले अनुदान सहयोगमा दिन लागेको उनले बताएकी छन्। यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना खोप उपलब्ध गरिसकेको छ।

सम्बन्धित सामग्री

चीन बन्यो नेपाललाई सबैभन्दा बढी अनुदानमा कोरोना खोप दिने राष्ट्र

काठमाडौं। नेपाललाई अनुदानमा सबैभन्दा बढी कोरोना खोप उपलब्ध गराउने राष्ट्र चीन बनेको छ। चीनले हिजो थप १६ लाख डोज कोरोना खोप अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो। योसँगै चीनले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराउनेको खोपको संख्या ३४ लाख पुगेको छ। यसअघि चीनले पहिलोपटक आठलाख र दोस्रोपटक १० लाख डोज खोप गरी कुल १८ लाख खोप उपलब्ध गरिसकेको छ।

जापानले नेपाललाई एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप दिने

काठमाडौँ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही […]

जापानले नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना खोप दिने

काठमाडौं। जापानले यसै महिना भित्र नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ। जापानका विदेश मन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र केही पेसिफिक क्षेत्रमा रहेका द्वीप राष्ट्रहरूलाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। जापानले कोभ्याक्स मार्फत ती खोप उपलब्ध गर्न लागेको हो।

आशा पलायो : भारतले ‘जुलाई–अगष्ट’ देखि छिमेकी राष्ट्रलाई मात्र खोप दिने

काठमाडौं। भारतले आगामी ‘जुलाई–अगष्ट’देखि ‘भ्याक्सिनमैत्री’ कार्यक्रमलाई पुनः सुचार गर्ने भारतीय मिडिया द प्रिन्टले जनाएको छ। यसपटक भने यो कार्यक्रमअन्तर्गत छिमेकी राष्ट्रलाई मात्र कोरोना खोप उपलब्ध गराउने जनाएको छ। भारतले गत जनवरी २०बाट ‘भ्याक्सिनमैत्री’ कार्यक्रम सुरु गरेको थियो। भारतमा कोरोना संक्रमणसँगै अफ्रिबाट यो कार्यक्रम बन्द गरिएको थियो। कार्यक्रम बन्दा हुँदा नेपालले खरिद गरेको १० लाख खोपको डोज आउन सकेको थिएन्।

चीनले हालसम्म नेपाललाई १८ लाख डोज कोरोना खोप उपलब्ध गरायो

काठमाडौं। चीनबाट हालसम्म नेपालले १८ लाख डोज कोरोना खोप अनुदानस्वरूप प्राप्त गरेको छ। हिजो र आज दुई दिनमा मात्र चीनले नेपालमा १० लाख डोज कोरोना खोप पठाएको छ। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए। यसअघि चीनले नेपाललाई आठ लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो।

तिब्बतबाट आइपुग्यो बाँकी एक लाख डोज कोरोना खोप

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतबाट बाँकी एक लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। हिजो र आज गरी तिब्बतबाट कुल दुई लाख कोरोना खोप काठमाडौं आइपुगेको छ। यस्तै, हिजै बेइजिङबाट ८ लाख डोज काठमाडौं आइपुगेको थियो। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले थप १० लाख डोज कोरोना खोप दिने घोषणाअनुसार हिजो र आज खोप पठाइएको हो।

तिब्बतबाट एक लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराउने दुई लाख डोज कोरोना खोपमध्ये एक लाख डोज आज काडमाडौं आइपुगेको छ। नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले यसको पुष्टि गरेकी हुन्। बाँकी कोरोना खोपको एक लाख डोज भोलि तिब्बतबाट काठमाडौं आइपुग्नेछ। मे २६ मा चिनियाँ राष्ट्रपतिले नेपालकी राष्ट्रपतिसँग फोनवार्तामा थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।

चीनबाट आज काठमाडौं आइपुग्यो ९ लाख डोज कोरोना खोप

काठमाडौं। चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो। गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणाअनुसार ८ लाख डोज बेइजिङबाट र एक लाख डोज तिब्बतबाट आइपुगेको हो।