जापानले नेपाललाई एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप दिने

काठमाडौँ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही […]

सम्बन्धित सामग्री

जापानद्वारा नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं।जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ। जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ। जापानका विदेशमन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा नेपाललाई खोप दिने घोषणा गरेका हुन्। जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत ती खोप उपलब्ध गर्न लागेको हो। मध्य जुलाई देखि अगष्ट महिनाभित्र खोप नेपाल आइपुग्ने नेपालका लागि जापानी राजदूत किकुता यातकाले बताए।

संसारका धनी राष्ट्रले गरिब राष्ट्रलाई एक अर्ब डोज कोरोना खोप दिने

बीबीसी।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसारका धनी राष्ट्रहरुको समूह ‘जी–सेभेन’ले गरिव राष्ट्रहरुलाई एक अर्ब डोज कोरोना खोप दिने बताएका छन्। आजबाट लण्डनमा सुरु भएको जी–सेभेन सदस्य राष्ट्रहरुको बैठकमा उक्त सहमति बन्ने विश्वास उनले व्यक्त गरेका छन्।जी–सेभेनमा बेलायत, अमेरिका, क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटाली छन्। हिजो मात्र अमेरिकी राष्ट्रपतिले गरिब राष्ट्रहरुलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेका थिए।

नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा

२० जेठ, काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् […]

चीनले हालसम्म नेपाललाई १८ लाख डोज कोरोना खोप उपलब्ध गरायो

काठमाडौं। चीनबाट हालसम्म नेपालले १८ लाख डोज कोरोना खोप अनुदानस्वरूप प्राप्त गरेको छ। हिजो र आज दुई दिनमा मात्र चीनले नेपालमा १० लाख डोज कोरोना खोप पठाएको छ। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए। यसअघि चीनले नेपाललाई आठ लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो।

तिब्बतबाट आइपुग्यो बाँकी एक लाख डोज कोरोना खोप

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतबाट बाँकी एक लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। हिजो र आज गरी तिब्बतबाट कुल दुई लाख कोरोना खोप काठमाडौं आइपुगेको छ। यस्तै, हिजै बेइजिङबाट ८ लाख डोज काठमाडौं आइपुगेको थियो। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले थप १० लाख डोज कोरोना खोप दिने घोषणाअनुसार हिजो र आज खोप पठाइएको हो।

चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप दिने

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज कोराना खोप दिने घोषणा गरेका छन्। आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा सीले उक्त घोषणा गरेको नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले बताएकी छन्। १० लाख डोज खोप चीनले अनुदान सहयोगमा दिन लागेको उनले बताएकी छन्। यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना खोप उपलब्ध गरिसकेको छ।

सिंगापुर र युएईले १२ देखि १५ वर्षका बालबालिकालाई कोरोना खोप दिने

एजेन्सी।अमेरिका र क्यानाडापछि अब सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई)ले १२ वर्ष देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाउने निर्णय गरेका छन्।सिंगापुर र युएईले फाइजर बायोनटेकको कोरोना खोप दिने निर्णय गरेका हुन्। उनीहरुले बालबालिकालाई खोप दिने निर्णय यस्तो बेला गरेका छन् जतिबेला कोरोना बालबालिकामा तीव्र रुपमा फैलिरहेको छ। युरोपेली युनियनले पनि बालबालिकालाई फाइजरको खोप दिने विषयमा छलफल अघि बढाएको छ।

जुलाइसम्म सबै वयस्क नागरिकलाई कोरोना खोप दिने बेलायतको तयारी

९ फागुन, काठमाडौं । बेलायतले आफ्नो मुलुकका सबै वयस्क नागरिकहरुलाई आगामी जुलाइको अन्तिमसम्मा खोप दिइसक्ने योजना बनाएको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो जानकारी दिएका हुन् । यसअघि बेलायतले मुलुकका एक करोड ५० लाख मानिसले कोरोना खोप लिइसकेको बताएको थियो । अप्रिल १५ सम्ममा ५० वर्षमाथिका सबैलाई कोरोना खोप दिने बेलायतको लक्ष्य छ […]

नेपाल र चीनका विदेशमन्त्रीबीच सम्वाद, ५ लाख डोज कोरोना खोप दिने घोषणा

२३ माघ, काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन सम्वादका क्रमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने जानकारी दिएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् । […]