काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले अफ्रिकी देश युगान्डासँग पाँच खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । शृङ्खला जेठ २ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार पहिलो खेल जेठ २ गते, दोस्रो खेल जेठ ३ गते, तेस्रो खेल ५ गते, चौथो खेल ६ गते र पाँचौँ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ ।
शृङ्खलाका लागि क्यानले रुबिना क्षेत्रीको कप्तानीमा २२ जना खेलाडीको नाम पनि तय गरेको छ । टोलीमा रुबिनासँगै सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ, सरि...