कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा घुम्न आउने पर्यटकलाई लक्षित गरी मुर्माटपमा इको रिसोर्ट निर्माण गरिएको छ । रारा इको रिसोर्ट प्रालिले मुर्माटपमा १६ रोपनी जग्गा खरिद गरि डेढ करोड लगानीमा पहिलो चरणमा ८ कोठे रिसोर्ट निर्माण गरेको हो ।
वन र वन्यजन्तु संरक्षणमा क्रियाशील भएकाले स्वदेश र विदेशमा सञ्चालन हुने सम्मेलन र गोष्ठीमा सहभागी हुने मौका जुर्यो । त्यस्ता कार्यक्रममा भाग लिँदा वन र वन्यजन्तु संरक्षणका लागि थप जानकारीसँगैं हरित वातावरणबाट कसरी लाभ लिन सकिने ज्ञान पनि मिल्यो । ‘विभिन्न ठाउँ डुल्ने क्रममा इको–रिसोर्ट बनाउने सोच आयो,’ चितवनको रत्ननगर नगरपालिका–६, सौराहाका वासु ढुंगानाले भने, ‘त्यसपछि सौराहा नजिकै कुमरोजमा साढे तीन बिघा जग्गा किनें ।’
काठमाडौं। पछिल्लो समय हस्पिटालिटी ग्रूपका रूपमा आफ्ना विभिन्न ब्रान्डबाट होटेल तथा रिसोर्ट सञ्चालन गर्दै आएको सोल्टी होटेल लिमिटेडले नगरकोटको तायो इको रिसोर्टको व्यवस्थापन गर्ने भएको छ । नगरकोटस्थित ४४ कोठाको तायो इको रिसोर्ट रिब्रान्डिङ गरेर अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोट’को रूपमा सञ्चालन हुने भएको छ ।
सोल्टी र उक्त रिसोर्टबीच भएको सम्झौताअनुसार गत आइतवारदेखि तायो इको रिसोर्ट सोल्टी वेस्टेन्ड रिसोर्ट नगरकोट नामबाट सञ्चालनमा आएको सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंले जानकारी दिए । उक्त रिसोर्ट सोल्टीको चेन ब्रान्डबाट सञ्चालनमा आएको उनको भनाइ छ । पछिल्लो समय सोल्टीले वेस्टेन्ड ब्रान्डका होटल तथा रिसोर्ट विभिन्न स्थानमा सञ्चालन गर्दै आएको छ ।
काठमाडौंबाट नजिक र पर्यटकीय गन्तव्यसमेत रहेको नगरकोटमा सोल्टीले आफ्नो ब्रान्ड विस्तार गरेको हो । सोल्टीले वेस्टेन्ड सोल्टी, वेस्टेन्ड प्राइमर, सोल्टी वेस्टेन्ड रिसोर्ट र सोल्टी वेस्टेन्ड ब्रान्ड विकास गरेको छ । यसअनुसार सोल्टी वेस्टेन्ड रिसोर्ट ब्रान्ड चितवनमा समेत विस्तार भएको छ । पछिल्लोपटक नगरकोटमा विस्तार गरेको कम्पनीको भनाइ छ ।
१० ओटा भिल्ला रहेको उक्त रिसोर्ट पर्यावरणमैत्री भएको दाबी गरिएको छ । प्रत्येक भिल्लामा परम्परागत नेवारी संस्कृति प्रतिविम्बित हुने गरी तयार पारिएको रिसोर्टमा पारिवारिक कोठा, पुल, बार, पार्किङ, स्पालगायतका सुविधा रहेको उल्लेख गरिएको छ । उक्त रिसोर्टमा सुइट रुम भने निर्माणाधीन छन् । डिलक्स रुम तयार छन् । रिसोर्टमा पुगेका आन्तरिक तथा बाह्य पाहुनाले बाइकिङ, हाइकिङ तथा गाउँ भ्रमण पनि गर्न सक्नेछन् ।
गतवर्ष पुसमा तयार भएको उक्त रिसोर्टमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । झन्डै साढे ५ दशकदेखि अतिथि सत्कार सेवा दिँदै आएको सोल्टी होटेल लिमिटेडले आफ्ना ब्रान्डबाट हालसम्म काठमाडौंसहित नेपालगञ्ज, इटहरी र चितवनमा सेवा दिँदै आएको छ ।
काठमाडौं उपत्यका नजिकैको आर्कषक पर्यटकीय स्थल नगरकोटमा परम्परागत नेपाली एवं नेवारी स्वाद र संस्कृती झल्काउने 'लक्जरी' रिर्सोट 'तायो इको रिर्सोट' सञ्चालनमा आएको छ।
काठमाडौं उपत्यका नजिकैको आर्कषक पर्यटकीय स्थल नगरकोटमा परम्परागत नेपाली एवं नेवारी स्वाद र संस्कृती झल्काउने 'लक्जरी' रिर्सोट 'तायो इको रिर्सोट' सञ्चालनमा आएको छ।
नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा धनगढी शोरुमदेखि शालिनीवाटिका र इको रिसोर्ट गोदावरीसम्मको एनओजी (एनटर्क वनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ । धनगढी शोरुमबाट सुरु भएको सवारी शालिनीबाटिका एण्ड इको रिसोर्टमा समापन भएको थियो । राइडरहरू बीच एकतामा विभिन्न गेमिङ गतिविधिहरू आयोजित गरिएका कम्पनीले जनाएको छ । गेमिङ गतिविधिसँगै, सबै […]
काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा –११ स्थित कालिज गार्डेन इको रिसोर्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले कालिज गार्डेन इको रिसोटसंग सम्झौता गरेको हो।
२१ भदौ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ताल राराताल जाने पर्यटकलाई लक्षित गरि इको रिर्सोट बन्ने भएको छ । राराको मुर्मा टपमा रारा इको रिसोर्ट बन्न लागेको रारा इको रिसोर्ट प्रालिका सञ्चालक देवीकृष्ण रोकायाले जानकारी दिए । रारा पुग्ने पर्यटकमध्ये करीब ९० प्रतिशत पर्यटक मुर्माटप पुग्ने गर्छन् । अहिले मुर्मा टपमा आतिथ्य सेवा नहुँदा सयौं […]