कोरोना जितेका नगरप्रवक्ता भन्नुहुन्छ-‘मनोबल उच्च राखौँ’

कैलालीको गोदावरी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नंम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जित्नुभएको छ । पन्ध्र दिनको आइसोलेसन बसाइमा उच्च मनोबलकासाथ शारीरिक व्यायम गर्दै उहाँले कोरोनालाई जित्नुभएको हो । गत जेठ २४ गते धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि हुनुभएका भट्टको लगातार दुई पटक रिपाेर्ट नेगेटिभ आएपछि आइतबार घर फर्किनुभएको छ । कोरोना सङ्क्रमण भएपछि नगरपालिकाको आइसोलेसनमा बस्नुभएका वडाध्यक्ष भट्ट निको भएर घर फर्किने बेला मनोबल उच्च राखेमा कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुभयो । ‘आरडीटी रिपाेर्ट पोजेटिभ आएदेखि नै उच्च मनोबलकासाथ कोरोनासँग डटिरहेको थिएँ ।’ भट्टले भन्नुभयो, ‘बिचमा दुई दिन श्वास फेर्न गाह्रो भएको थियो तर, लामो श्वास लिने, अन्य शारीरिक व्यायम गर्ने गरेपछि समस्या हटेर गयो । कोरोना समान्य रहेछ, तर हामीले उच्च मनोबल बनाउनुपर्छ ।’ कोरोनाको आशङ्का लागेपछि तुरुन्त परीक्षण गर्न तथा सावधानी अपनाउनुपर्ने सुझावसमेत भट्टको रहेको छ ।

सम्बन्धित सामग्री

उच्च अदालतमा चार न्यायाधीशसहित २१ कर्मचारीमा कोरोना

उच्च अदालत सुर्खेतका चार जना न्यायाधीशसहित २१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक साताका लगि सेवा बन्द गरिएको छ।...

पाटन उच्च अदालतका १३ जना न्यायाधीशलाई कोरोना संक्रमण

काठमाडौँ– उच्च अदालत पाटनका १३ जना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै अदालतका ५७ कर्मचारीमा पनि कोरोना संक्रमण भएको पाटन उच्च अदालतका रजिष्टार ठगेन्द्र कट्टेलले जानकारी दिए। पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर १२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

जनकपुर उच्च अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण

जनकपुर उच्च अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । न्यायाधीश सिताराम मण्डलसहित रजिष्ट्रार, उपरजिष्ट्रार, शाखा अधिकृतलगायतलाई कोरोना संक्रमण पुष्टी भएको उच्च अदालत जनकपुरले सोमबार  विज्ञप्ति जारी गरी जानकारी...

उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण

उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको छ।  शुक्रबार उच्च अदालत पाटनले विज्ञप्ति जारी गर्दै पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको भन्दै स्वास्थ्य लाभको कामना गरेको छ। ...

कोरोना खोप तत्काल उपलब्ध गराउन उच्च अदालत विराटनगरको आदेश

कोरोना भाइरसविरुद्धको खोप तत्काल उपलब्ध गराउन उच्च अदालत विराटनगरले आदेश जारी गरेको छ

मद्रास उच्च अदालतको आरोप : कोरोना फैलाउन निर्वाचन आयोग मुख्य जिम्मेवार छ

काठमाण्डाै - भारतको मद्रास उच्च अदालतले कोरोना भाइरस फैलाउन जिम्मेवार भएको भन्दै निर्वाचन आयोगको चर्को आलोचना गरेको छ । देशमा कोरोना महामारी उच्च बिन्दुमा पुग्दा समेत पाँच वटा राज्यमा र्यालीसहितका चुनावी गतिविधि गर्न दिएको भन्दै उच्च अदालतले निर्वाचन आयोगको आलोचना गरेको हाे । कोरोना महामारीको बीचमा पनि ठूलाठूला र्याली हुँदा निर्वाचन आयोगका अधिकारी कुन ग्रहमा थिए भनेर मद्रास उच्च अदालतका न्यायाधीशले प्रश्न गरेको बीबीसीले जनाएको छ । मद्रास उच्च अदालतका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले कोरोना फैलाउन निर्वाचन आयोग पूर्ण जि...

‘नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च’

काठमाडौ / नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । पछिल्लो एक सातामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत बढेको मन्त्रालयले जनाएकाे छ । याे दर विश्वमै उच्च रहेको बताइएको छ । याे सँगै समुदायमा समेत सङ्क्रमण व्यापक भइसकेको मन्त्रालयले बताएकाे छ । भारतमा सङ्क्रमण... The post ‘नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च’ appeared first on Purbeli News.

‘नेपालमा कोरोना सङ्क्रमण वृद्धिदर विश्वमै उच्च’

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो । अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ । यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्...