काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो ।
अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ ।
यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्...