नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सर्वोच्च अदालतलाई कुनै दवाव र धम्की नदिने स्पष्ट पारेका छन् । यद्यपी देश नै प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको भन्दै प्रचण्डले सर्वोच्चले पनि जनताको भावना अनुरुप फैसला गर्ने विश्वास गरे ।
मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘सर्वोच्चलाई कुनै दवाव नदिएको भएपनि अदालत जनताको भावना विपरित नजाने विश्वास छ । गए त संविधान भाँचियो । संविधान ट्रयाकबाट बाहिर गयो । त्यसपछि देश अँध्यारो सुरुङतिर जान्छ ।’ उनले ...