नेपाली मुलका रामचन्द्र श्रेष्ठ कनेटिकट राज्यको ब्रान्फोड क्षेत्र नं ४ को आर टिएम पदमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा श्रेष्ठ डेमोक्रेटिक पार्टीका तर्फबाट विजयी भएका थिए । सिन्धुपाल्चोक चौताराका श्रेष्ठ २५ वर्षअघि क्यानाडा हुँदै अमेरिका पुगेका थिए । रेष्टुरेण्ट व्यवसायमा आबद्ध श्रेष्ठ परिवारका साथ ब्रान्फोर्ड बस्दै आएका छन् ।४ वर्ष अघिबाट डेमोक्रेटिक पार्टीमा सक्रिय रहेका श्रेष्ठले आफ्नो जितलाई नेपाली मुलका सबैको जित भएको बताएका छन् । भूगोल र संख्याका आधारमा ६ सिट रहेको सहरमा