तालिबानले अफगानिस्तान कब्जा गर्दा पाकिस्तानलाई खतरै खतरा

तालिबानले अफगानिस्तानका धेरै भूभागमा कब्जा गरिरहेको छ । तालिबान विजयी भएमा उक्त क्षेत्र नै जोखिममा पर्नेछ किनकि त्यसपछि शरणार्थीहरूको प्रवाह छिमेकी मुलुकहरूतर्फ बढ्नेछ ।  अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत हुसेन हक्कानीका अनुसार, तालिबानको विजयले पाकिस्तानका स्थानीय अतिवादीहरूको मनोबल बढाउनेछ र पुनः उदाउँदै गरेको अलकायदालाई प्रोत्साहन गर्नेछ ।  पाकिस्तानी अधिकारी र जनता तालिबानको लगातारको विजयबाट खुशी देखिन्छन् । तर पाकिस्तानले तालिबानलाई समर्थन गरेर पश्चात्ताप गर्नुपर्ने हुन सक्छ ।  त्यसो त प...

सम्बन्धित सामग्री

तत्काल अफगानिस्तान छाड्न बेलायती नागरिकलाई आग्रह

एजेन्सी।बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न निर्देशन दिएको छ।अमेरिकी सेनाको फिर्ती प्रक्रियासँगै तालिबानले तीव्र रुपमा अफगानिस्तानाथि कब्जा जमाइरहेको छ। तालिबानको बढ्दो प्रभावसँगै बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो छिटो अफगानिस्तान छाड्न सल्लाह दिएको हो।बेलायत सरकारले स्वदेश फर्किनका लागि दूतावासमा सम्पर्क राख्न समेत भनेको छ। बेलायतले अफगानिस्तानमा पश्चिमी देशका नागरिकमाथि खतरा रहेको भन्दै समग्र सुरक्षा अवस्थाको समीक्षापछि यो निर्णय लिएको जनाइएको छ।