काठमाडौँ। बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्।
बानियाँमाथि बलात्कार मुद्दामा प्रहरी हिरासतमा राखेरअनुसन्धान भइरहेको सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकमा जानकारी गराएका थिए। उक्त जानकारी सँगै बानियाँ निलम्बित भएका छन्।