झापामा ६ वर्षदेखि बहुविवाह मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सुनसरीको धरानबाट झापा दमकका ३३ वर्षीय सुनील माझीलाई पक्राउ गरेको हो ।माझीलाई झापा जिल्ला अदालतले २०७२ असार ३० गते बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना सजाय ठहर गरेको थियो । माझीलाई कैद भुक्तानका लागि कारगार कार्यालय चन्द्रगढी पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ