१ वर्षको अवधिमा स्याङ्जाका २४७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएकामध्ये गत आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा उक्त संख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार विभिन्न घटना घटाई मुद्दा लागेका फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवानाको सजाय भुक्तान गराउने कार्यलाई तीव्रता दिएसँगै ठूलो संख्यामा प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जासहित मातहतका जिल्लास्थ...