आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्ने [भिडियो]

खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित सामग्री

भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् । ‘उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको बारेमा […]

जटिल किसिमका दीर्घ रोगीलाई लुम्बिनी प्रदेश सरकारको दुई लाख सहयोग

बुटवल : लुम्बिनी प्रदेश सरकारले जटिल किसिमका दीर्घ रोग लागेका गरिब तथा असाहयहरूको उपचारमा दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।आर्थिक अवस्था कमजोर भएका गरिब‚ मजदुर र किसानलाई मुटुको भल्ब फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर बिरामीलाई प्रदेश सरकारले सहयोग गर्ने भएको हो। सरकारको निर्णयलाई कार्यान्वयन गर्न गत आइतबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. कृष्णप्रसाद आचार्यबीच कार्यान्वयन पत्रमा हस्ताक्षर भएको

चीनले दिएकोे १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आएको छ । उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनु भयो । तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरहरूलाई काठमाडौं ल्याउनको लागि काम भइरहेकाके उहाँले जानकारी दिनुभयो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डरहरू सहयोग स्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो ।