जटिल किसिमका दीर्घ रोगीलाई लुम्बिनी प्रदेश सरकारको दुई लाख सहयोग

बुटवल : लुम्बिनी प्रदेश सरकारले जटिल किसिमका दीर्घ रोग लागेका गरिब तथा असाहयहरूको उपचारमा दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।आर्थिक अवस्था कमजोर भएका गरिब‚ मजदुर र किसानलाई मुटुको भल्ब फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर बिरामीलाई प्रदेश सरकारले सहयोग गर्ने भएको हो। सरकारको निर्णयलाई कार्यान्वयन गर्न गत आइतबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. कृष्णप्रसाद आचार्यबीच कार्यान्वयन पत्रमा हस्ताक्षर भएको