काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् । ‘उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको बारेमा […]
बुटवल : लुम्बिनी प्रदेश सरकारले जटिल किसिमका दीर्घ रोग लागेका गरिब तथा असाहयहरूको उपचारमा दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।आर्थिक अवस्था कमजोर भएका गरिब‚ मजदुर र किसानलाई मुटुको भल्ब फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर बिरामीलाई प्रदेश सरकारले सहयोग गर्ने भएको हो। सरकारको निर्णयलाई कार्यान्वयन गर्न गत आइतबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. कृष्णप्रसाद आचार्यबीच कार्यान्वयन पत्रमा हस्ताक्षर भएको
नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आएको छ ।
उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनु भयो । तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरहरूलाई काठमाडौं ल्याउनको लागि काम भइरहेकाके उहाँले जानकारी दिनुभयो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डरहरू सहयोग स्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो ।